माधव नेपाल र बाबुरामसँग पार्टी एकताको लागि छलफल भईरहेको छ: प्रचण्ड
माधव नेपाल र बाबुरामसँग पार्टी एकताको लागि छलफल भईरहेको छ: प्रचण्ड
    • बेल संचार

    • १० पुष २०७८, शनिबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माधव नेपाल र बाबुुराम भट्टराईसँग पार्टी एकताका लागि छलफल भईरहेको बताएका छन् ।
आज ललितपुरमा पार्टीको भोलीदेखि शुरु हुने राष्ट्रिय सम्मेलनका बारेमा जानकारी दिन आयोजित सम्पादकहरुसँगको छलफलमा अध्यक्ष प्रचण्डले आँउदो चुनावमा मोर्चा बनाएर जाने कि पार्टी एक बनाएर जाने भन्ने विषयमा छलफल भईरहेको बताए ।
उनले आफू अझै पनि चार पाँच वर्ष सम्म माओवादीको नेतृत्वमा रहने संकेत दिए ।
अझै पनि माओवादी आन्दोलनमा आफ्नो नेतृत्वको आवस्यकता महसुस भएको उनले बताए ।
नेतृत्व छाड्ने आफूले चाहना राखेपनि अहिले तत्कालका लागि संभव नदेखिएको प्रचण्डले बताए ।
यसै गरी प्रचण्डले एमालेलाई संसद खोलाउन लगाउन ओली सिंहदरबार र बालुवाटारमा नआए देउवा र आफू बालकोटमै गएर भएपनि छलफल गर्ने बताए ।

साताकाे चर्चित
सम्बन्धित