माओवादी केन्द्रको पार्टी केन्द्रीय कमिटी बैठक बस्दै, के के छन् एजेण्डा ?
माओवादी केन्द्रको पार्टी केन्द्रीय कमिटी बैठक बस्दै, के के छन् एजेण्डा ?
    • बेल संचार

    • ११ पुष २०७८, आईतवार

नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

आजदेखि शुरु हुन लागेको राष्ट्रिय सम्मेलन अघि बिहान केन्द्रीय कमिटी बैठक बोलाइएको हो । राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय उक्त केन्द्रीय कमिटीबाट हुने एक नेताले बताए।

आजदेखि पुस १३ गतेसम्म काठमाडौंमा माओवादीको राष्ट्रिय सम्मेलन छ। यो सम्मेलनलाई नै महाधिवेशनमा परिणत गर्नेबारे छलफल भइरहेको अध्यक्ष पुष्पकमल दाहालले बताउनुभयो ।

शनिबार साँझ बसेको स्थायी कमिटी बैठकले पनि सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो।

राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेकाले त्यसलाई महाधिवेशनमा परिणत गर्न लागिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

देशभरि नेतृत्व चयनको प्रक्रिया उत्साहजनक रुपमा सम्पन्न भएको आधारमा यसलाई महाधिवेशन भने पनि हुने निष्कर्षमा अध्यक्ष दाहाल पुग्नुभएको हो ।

२०६९ सालमा माओवादीले आफ्नो सातौं महाधिवशेन हेटौंडामा सम्पन्न गरेको थियो।

साताकाे चर्चित
सम्बन्धित