धनगढी । कैलालीको हुलाकी सडक खण्डअन्तर्गत भजनी नगरपालिकास्थित कान्द्रा नदीको पुल निर्माण आठ बर्षसम्म पूरा हुन सकेको छैन ।ठेकेदारको लापर्वाहीका कारण पुल बन्न नसकेको हुलाकी सडक आयोजनाले जनाएको छ ।
‘४ बर्षमा निर्माण गरिसक्ने पर्ने पुल आठ बर्षसम्म पूरा हुन सकेको छैन,’ हुलाकी सडक आयोजना धनगढीका इन्जिनियर पदम मडैले भने, ‘यसमा ठेकदारको लापर्वाही छ ।’ उनका अनुसार पुलको एउटा पिल्लरको डिजाईन परिवर्तन गरिनु पर्ने भएपछि सडक आयोजनालेनै एक वर्ष म्याद थप गरेको थियो । तर, सो समयमा ठेकेदार कम्पनीले पुल निर्माण सम्पन्न गर्न सकेन । त्यस पछि दुई पटक म्याद थप गर्दासमेत पुल निर्माण हुन नसकेपछि सडक निर्माणमा बाधा पुगेको छ ।