एजेन्सी । विश्वभर ओमिक्रोनको संक्रमित संख्या बढ्दै गएको छ । भारत लगायत देशहरुमा ओमिक्रोन संक्रमितको संख्या बढ्दै गएको छ । यो भेरियन्ट डेल्टा भेरियन्टको तुलनामा कति संक्रामक छ भनेर अनुसन्धान भइरहेको छ । यसको लक्षणहरुको विषयमा पनि विभिन्न अनुसन्धान भइरहेको छ । सामान्यतयाः कोरोना भाइरस लागेपछि देखिने लक्षणहरु नै ओमिक्रान भेरियन्टको संक्रमणमा देखिन्छ । दक्षिण अफ्रिकाका स्वास्थ्य विशेषज्ञका अनुसार ओमिक्रोनको सुरुवाती लक्षणले यो भेटियन्टको संक्रमण भएको संकेत गर्छ । यसलाई समयमा नै पहिचान गर्न सकियो भने यसबाट बच्न सकिने उनीहरु बताउँछन् ।