प्रचण्डको दस्तावेजलाई ‘प्रचण्ड विचार’को रुपमा संश्लेषण गर्न प्रस्ताव गर्ने तयारी
प्रचण्डको दस्तावेजलाई ‘प्रचण्ड विचार’को रुपमा संश्लेषण गर्न प्रस्ताव गर्ने तयारी
    • बेल संचार

    • १४ पुष २०७८, बुधबार

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरेको वैचारिक तथा राजनैतिक दस्तावेजलाई ‘प्रचण्ड विचार’को रुपमा संश्लेषण गर्नुपर्ने प्रस्ताव राख्ने भएको छ ।

बागमती प्रदेशका विभिन्न समुहमा भएको छलफलका क्रममा प्रचण्डको दस्तावेजलाई प्रचण्ड विचारको रुपमा संश्लेषण गर्नुपर्ने सुझाव अनुसार आफूहरुले महाधिवेशनको बन्दसत्र हलमा प्रस्ताव गर्ने बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलले जानकारी दिए ।

 

‘हाम्रो समुहमा विभिन्न ढंगबाट सुझावहरु प्राप्त भएको छ, त्यसमध्ये अध्यक्ष प्रचण्डको दस्तावेजलाई प्रचण्ड विचारको रुपमा संश्लेषण गर्नुपर्छ भन्ने मत धेरै आएको छ’ उज्यालो नेवटर्कसँग पौडेलले भने, ‘यो दस्तावेजलाई प्रचण्ड विचारको रुपमा संश्लेषण गर्नुपर्छ भनेर हामी महाधिवेशन हलमा प्रस्ताव गर्छौ ।’

दस्तावेजभित्र समेटिएका वैचारिक विषयवस्तुहरुले अतर्राष्ट्रिय स्तरमै योगदान दिन सक्ने देखिएको भन्दै समुहगत रुपमा विभिन्न जिल्लाले प्रचण्ड विचारको रुपमा दस्तावेजलाई संश्लेषण गर्नुपर्ने सुझाव दिएका हुन् ।

साताकाे चर्चित
सम्बन्धित