भारतको ज्यादती भन्दै विप्लवका कार्यकर्ताले बिहानै लगाए सीमापुलमा ताला
भारतको ज्यादती भन्दै विप्लवका कार्यकर्ताले बिहानै लगाए सीमापुलमा ताला
    • बेल संचार

    • १४ पुष २०७८, बुधबार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले दार्चुला सदरमुकाम खलंगा र भारतको धार्चुला जोड्ने सीमापुलमा ताला लगाएका छन्।

भारतको ज्यादतीविरुद्ध भन्दै उनीहरुले बुधबार बिहान ७ पुलको गेटमा ताला लगाएका हुन् । नेकपा दार्चुलाका सचिव भरत मल्लले ताला लगाइएकाे पुष्टि गरे ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले विभिन्न बहानामा नेपाली नागरिकलाई दुःख दिने गरेकाले सीमापुलमा ताला लगाइएकाे उनले बताए ।

 

एसएसबीले हाल भारतीय क्षेत्रमा प्रवेश गर्ने नेपालीको नागरिकता तथा खोपकार्ड माग्ने गरेका छन् । नाम, नागरिकता नम्बर, बुबाको नाम लगायतका व्यक्तिगत विवरण राखेर एसएसबीले धार्चुला प्रवेश दिने गरेको छ । लाइन लगाएर नेपाली नागरिककाे खानतलास गर्नु एसएसबीको दुःख दिने नियत मात्रै भएको नेकपा दार्चुलाका सदस्य भुवन जोशीले बताए ।

प्रहरीले भने सीमापुलमा तालाबन्दी नभएकाे दाबी गरेकाे छ। सीमापुल निर्धारित समयमै खोलिएको र तालाबन्दी नभएको पुलघाट प्रहरी पोस्टका प्रहरी सहायक निरीक्षक भरतसिंह बोहराले बताए ।

साताकाे चर्चित
सम्बन्धित