पाँचथर फालेलुङका तीन घरमा आगलागी, ५० लाख बराबरको क्षति
पाँचथर फालेलुङका तीन घरमा आगलागी, ५० लाख बराबरको क्षति
    • बेल संचार

    • १४ पुष २०७८, बुधबार

पाँचथरको फालेलुङ गाँउपालिका–३ ताङ्लेपामा आगलागी भएको छ । गएराति भएको आगलागीबाट स्थानीय पूर्णबहादुर केरुङको काठ र ढुंगामाटोले बनेका तीन घर जलेका छन् ।

घरमा रहेका लत्ताकपडा, खाद्यान्न र नगदसहित झण्डै ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।

इलाका प्रहरी कार्यालय मेमेङबाट प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित