जनमत पार्टीले गरेकाे बन्दका कारण राैतहटमा यातायात क्षेत्र प्रभावित
जनमत पार्टीले गरेकाे बन्दका कारण राैतहटमा यातायात क्षेत्र प्रभावित
    • बेल संचार

    • १४ पुष २०७८, बुधबार

जनमत पार्टीले आह्वान गरेको रौतहट बन्दका कारण यातायात क्षेत्र प्रभावित हुन पुगेकाे छ ।  जिल्लाका मुख्य गाैर-चन्द्रपुर सडक सुनसान छन् ।

मंगलवार जनमत पार्टीकाे जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष रामेश्वरप्रसाद यादवले एक विज्ञप्ती जारी गर्दै बुधवार अति आवश्यक बाहेक अन्य सवारी बन्द रहने जानकारी गराएका दिनुभएकाे थियाे।

किसानहरुको समस्या समाधानका लागि सरकार गम्भीर नभएको भन्दै जनमत पार्टीले मधेशका जिल्लाहरुमा आन्दोलन गरिरहेको छ । राज्यले किसानका जायज मागहरुलाई वेवास्ता गरेको भन्दै सिरहामा शुरु भएको किसान आन्दोलनप्रति एक्यवद्धता जनाएर किसानका माग पूरा गराउन आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको जनाएको छ ।

जिल्लाका हुलाकी सडक खण्डबीच चक्का जाम गर्दै जनमत पार्टी कार्यकर्ताहरुले मौलापुर र बंकुल जोडने हनुमान चौकमा टायर जलाएर प्रदर्शन गरिरहेका छन् ।

बन्दको पूर्वसंध्यामा मंगलवार साँझ गौर र गरुडा लगायत जिल्लाका विभिन्न स्थानमा जनमत पार्टीका नेता कार्यकर्ताले मशाल जुलुस प्रर्दशन गरेका थिए । बन्दका कारण आज बिहानै देखि गौर–चन्द्रनिगाहपुर सडकखण्डमा सार्वजनिक सवारी साधन चलेका छैनन् ।

केही निजी सवारी साधन संचालन भए पनि सार्वजनिक सवारी साधन संचालन नभएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बिहान देखी पानी परेकाले बन्दकर्ताहरु पनि खासै सडकमा नदेखिएको प्रहरीले जनाएको छ । पूर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुर सडकखण्डमा भने यातायातका साधनहरु चलेका छन ।

यातायात बाहेक अन्य कुनै क्षेत्रमा बन्दको प्रभाव देखिएको छैन । जिल्लाका अधिकांश बजारहरु खुलेका छन । विद्यालय, बजार तथा कार्यालयहरु सुचारु अवश्थामा रहेको छन ।

जनमत पार्टीका केन्द्रीय नेता ललित मल्लिकले किसानहरुको समस्या प्रति राज्य संवेदनहिन भएकोले आफुहरुले आन्दोलनको कार्यक्रम गर्नु परेको बताउनु भयाे ।

साताकाे चर्चित
सम्बन्धित