पदाधिकारी महाधिवेशन हलबाटै चुनियोस्
पदाधिकारी महाधिवेशन हलबाटै चुनियोस्
    • बेल संचार

    • १४ पुष २०७८, बुधबार

आज नेकपा (माओवादी केन्द्र)को काठमाडौंमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको हलले नै पदाधिकारी चयन गर्न प्रतिनिधिहरूले माग गरेका छन् ।

बुधबार समूहगत छलफलको निष्कर्ष सुनाउँदै समूह १४ की विमला केसीले पदाधिकारी हलबाटै चयन गर्न माग गरेकी हुन् ।

“विद्यार्थीलगायत कमिटीमा अध्यक्ष मात्रै घोषणा गरेर अरू पदाधिकारी चयन गर्न बाँकी राख्यौँ । त्यसले राम्रो सन्देश दिएन । माओवादीले पूर्ण रूपमा संगठनात्मक विधि बनाएन भन्ने आरोप लागिरहेको छ । अहिले पनि अध्यक्ष मात्रै चुनिएर हुँदैन । सबै पदाधिकारी हलबाटै चुनिनुपर्छ,” उनले निष्कर्ष सुनाउँदै भनिन् । माओवादीमा अहिले अध्यक्षबाहेक पदाधिकारी हाल थाती राख्ने र केन्द्रीय कमिटीले चयन गर्ने चर्चा छ ।

त्यस्तै, उक्त समूहले पार्टीमा नैतिकता, आचारसंहिताअनुसार पार्टी सदस्यहरू अघि बढे मात्र समाज परिवर्तन हुने सुझाव दिएको छ । त्यस सन्दर्भमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमा आएका विषयलाई कार्यान्वयन गर्न पनि माग गरिएको छ । महाधिवेशनको बन्दसत्रमा प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि समूहगत छलफलपछि निष्कर्ष सुनाइएको हो ।

साताकाे चर्चित
सम्बन्धित