बारामा ३ अर्ब ५४ करोड मूल्य बराबरकाे ‘अगहनी’ धान उत्पादन
बारामा ३ अर्ब ५४ करोड मूल्य बराबरकाे ‘अगहनी’ धान उत्पादन
    • बेल संचार

    • १५ पुष २०७८, बिहीबार

बारा । किसानले यसवर्ष ३ अर्ब  ५३ करोड ९४ लाख बराबरको अगनी धान उत्पादन गरेका छन् । किसानले एक लाख ४१ हजार ५७७ मेट्रिकटन अगहनी धान उत्पादन गरेका हुन् ।

उत्पादित धान व्यापारीले प्रति क्विन्टल  दुई हजार पाँच सयका दरले खरिद गरेका छन् ।

अगहनी धान उत्पादनमा गत वर्षको तुलनामा ५० प्रतिशतले कमी आएको कृषि ज्ञानकेन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिनुभयो । यस वर्ष किसानले सोना मन्सुली, सावित्री, स्वर्णसवा १, सवा मन्सुली, राधा ११ र राधा ९ जातका धान ३४ हजार ११५ हेक्टरमा लगाएका थिए ।

बाली विकास अधिकृत राजकरण साहका अनुसार आर्थिक वर्ष २०७७/७८ मा किसानले अगहनी धान ३४ हजार १६५ हेक्टर क्षेत्रफलमा लगाएका थिए । प्रति हेक्टर चार दशमलव २५ मेट्रिक टनका दरले एक लाख ४५ हजार २०१ मेट्रिक टन धान उत्पादन भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित