माओवादी केन्द्रको समूहगत छलफल सकियो, अध्यक्ष दाहालले शुक्रवार जवाफ दिने
माओवादी केन्द्रको समूहगत छलफल सकियो, अध्यक्ष दाहालले शुक्रवार जवाफ दिने
    • बेल संचार

    • १५ पुष २०७८, बिहीबार

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक तथा वैचारिक प्रतिवेदनमाथि समूहगत छलफल र सुझाव पेश कार्य सकिएकाे छ ।

बिहीबार १४ समूहका टोली नेताले आफ्नो सुझाव पेश गरेपछि २५ वटै समूहको सुझाव पेश गर्ने कार्य सम्पन्न भएकाे हाे ।

महाधिवेशन अन्तर्गत समूहगत रिपोर्टिङ सकिएलगत्तै स्थायी कमिटी बैठक पनि शुरु भएको छ । बैठकमा आएका सुझावहरूलाई कसरी समेट्ने भन्नेबारे सो बैठकमा छलफल हुने नेताहरुले बताएका छन् । बिहीबार रिपोर्टिङ गर्ने अधिकांश टोली नेताहरुले एमसीसी खारेज गर्नुपर्ने र दस्तावेजको व्यवहारिक कार्यान्वयन हुनेमा आशंका गरेका छन् ।

शुक्रबार लेखा आयोग, अनुशासन आयोग र निर्वाचन आयोगको प्रतिवेदन पनि पेश हुनेछ । त्यस्तै फरक मत तथा पुरक दस्तावेज पनि अध्यक्ष मण्डललाई प्राप्त भएको अध्यक्ष मण्डले जनाएको छ ।

बिहीवार समूहका नेताले आफ्नो समूहको निष्कर्ष प्रस्तुत गरेकाले अब शुक्रबार प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष दाहालले दिने कार्यक्रम रहेकाे जनाइएकाे छ ।

साताकाे चर्चित
सम्बन्धित