सिमकोट विमानस्थलको हिउँ पन्छाइएसँगै हवाई उडान सुरु
सिमकोट विमानस्थलको हिउँ पन्छाइएसँगै हवाई उडान सुरु
    • बेल संचार

    • १५ पुष २०७८, बिहीबार

सिमकोट विमानस्थलको हिउँ पन्छाइएसँगै नियमित हवाई उडान सुरु भएको छ । हुम्लाको अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई यातायात हिमपातका कारण प्रभावित भएको थियो ।

बुधबारदेखि प्रभावित विमानस्थल हिउँ पन्छाइएसँगै बिहीबारबाट सञ्चालनमा आएको छ । विमानस्थलमा जमेको हिउँ जडीबुटी व्यवसायी हुम्लाको पहलमा आज बिहान पन्छाएर हवाई यातायात सञ्चालनमा आएको जडिबुटी व्यवसायीक संघका अध्यक्ष रामबहादुर भण्डारीले बताए ।

 

विमानस्थलका कर्मचारी, एयरलाइन्सका कर्मचारी, जिल्लाका व्यवसायीहरूको संलग्नतामा जमेको हिउँ पन्छाइएको हो । सिमकोट विमानस्थल र एप्रोनमा जमेको हिउँ पन्छाएपछि बिहीबार बिहानबाट हवाई सेवा सुचारु भएको छ ।

हुम्लाको सदमुकाम सिमकोटमा दुई फिट हिउँ जमेको थियो भने उत्तरी क्षेत्रमा झण्डै चार फिट बढी हिउँ जमेको थियो ।
मौसममा सुधार आएलगत्तै सीता एयरले नेपालगञ्जबाट पहिलो उडान भरेको थियो । त्यस लगत्तै तारा र समिट एयरका जहाजले पनि उडान भरेका थिए । हवाई सेवा सुचारु भएपछि सिमकोटमा रोकिएका यात्रु तथा जडिबुटी ढुवानी सुरु भएको छ l

साताकाे चर्चित
सम्बन्धित