नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको वरीयता, कसको वरीयता कति ?
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको वरीयता, कसको वरीयता कति ?
    • बेल संचार

    • १६ पुष २०७८, शुक्रबार

नेपाली कांग्रेसले नयाँ केन्द्रीय कार्यसमितिको वरीयता प्रकाशन गरेको छ ।

काठमाडौंमा सम्पन्न १४ महाधिवेशनमा निर्वाचित १३४ जना केन्द्रीय सदस्यसहित सभापतिमा पराजित शेखर कोइरालासहितको सूची सार्वजनिक गरेको हो ।

मंसिर २४–२८ मा कांगठमाडौंमा सम्पन्न महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको थियो ।

कांग्रेसले जारी गरेको सूची अनुसार सभापतिमा पराजित शेखर कोइरालाको भन्दा सुनिल थापा अगाडि रहनुभएको छ । थापा वरीयताको १९ औं नम्बरमा हुँदा कोइराला २० औं नम्बरमा रहनुभएको छ ।

थापा २०७७ साउन १३ गते राप्रपाको महामन्त्री छाडेर कांग्रेस प्रवेश गर्नुभएको थियो । कांग्रेसमा उहाँ सहमहामन्त्री बन्नुभएको थियो । यसअघि पदाधिकारीमा रहेकाहरुलाई वरीयतामा माथि राखिएको छ ।

कांग्रेसमा सभापतिले  ३३ जना मनोनित गर्न बाँकी नै रहेकाले नयाँ सदस्यहरु थपिएपछि कतिपयको वरियता तलमाथि हुन सक्ने सम्भावना छ ।

कांग्रेसको वरीयतामा सभापति शेरबहादुर देउवापछि उपसभापति पूर्णबहादुर खड्का दोस्रो वरीयतामा हुनुहुन्छ भने उपसभापति धनराज गुरुङ तेस्रो वरीयतामा रहनुभएको छ।  महामन्त्रीमा गगन थापा विश्वप्रकाश भन्दा अगाडि रहनुभएको छ । थापा पार्टी वरीयतामा चौंथो नम्बरमा रहनुभएको छ ।

सहमहान्त्रीको पहिलो नम्बरमा फरमुल्लाह मन्सुर रहनुभएको छ ।

केन्द्रीय सदस्यको पहिलो नम्बरमा गोपालमान श्रेष्ठ रहँदा शशांक कोइराला दोस्रोमा रहनुभएको छ । उहाँहरुको वरीयता क्रमश १४ औं र १५औं रहेको छ ।

वरीयताको १३५ औं नम्बरमा जीवन राना रहनुभएको छ ।

साताकाे चर्चित
सम्बन्धित