चिकित्सा शिक्षा ऐनकै कारण नर्सिङ्ग क्याम्पस बन्द गराउनु पर्‍याे : सीटीइभिटी सदस्य सचिव
चिकित्सा शिक्षा ऐनकै कारण नर्सिङ्ग क्याम्पस बन्द गराउनु पर्‍याे : सीटीइभिटी सदस्य सचिव
    • बेल संचार

    • १६ पुष २०७८, शुक्रबार

काठमाडौँ प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीइभिटी) का सदस्य सचिव जीवनारायण काफ्लेले चिकित्सा शिक्षा ऐनको कारण थुप्रै नर्सिङ्ग क्याम्पस बन्द गराउनु परेको बताउनुभएको छ ।

आज सञ्चार केन्द्र नेपालले आयोजना गरेको प्राविधिक शिक्षाको अवस्था र यस्को विकासमा सञ्चारकर्मीको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा उहाँले उक्त कुरा बताउनुभएको हो ।

उहाँले नेपालका यत्रा नर्सिङ्ग कलेज एकैपटक बन्द हुँदा विद्यार्थी ठूलो रकम खर्चेर छिमेकी मुलुक लगायत अन्य देशमा शिक्षा लिनकै लागि जानुपर्ने बाध्यताले चिन्तित तुल्याएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै उहाँले २०४५ सालमा स्थापना भएको सीटीइभिटीले आफ्नो स्थापनाकाल देखि नै देश विकाशमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जानकारी दिनुभयो ।

उहाँले सीटीभिटीले स्वास्थ्य क्षेत्रमा उत्पादन गरेको जनशक्तिले नै अहिलेको नर्सिङ्ग क्षेत्र थेगेको बताउनुभयो ।

उहाँले सीटीइभिटीमार्फत औपचारिक तथा अनौपचारिक शिक्षा लिएर सीप सिकेर मात्र बैदेशिक रोजगारीमा जान युवालाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सका राष्ट्रिय अध्यक्ष सैलेन्द्र मोहन झाले सीटीइभिटी अन्तर्गतका यावत कलेज बन्द गराएर त्यसको फाइदा उठाउन ठूलो माफियाको गिरोह लागि परेको बताउनुभयो ।

उहाँले निजी क्षेत्रले सीटीइभिटीमार्फत २०५१ सालमा संस्था सञ्चालन गरेर २०५७/५८ मा वाल मृत्युदर र मातृ मृत्युदर घटाएको दाबी गर्नुभयो ।

उहाँले बिगत लामो समयदेखि शिक्षाको नाममा विदेशमा छात्रछात्रा पठाएर अकुत सम्पति कमाउने माफियाको खेलमा सीटीइभिटी अन्तर्गतका यत्रा नसिङ्ग अध्ययन अध्यापन गराउने संस्था बन्द गरिएको दाबी गर्नुभयो ।

उहाँले नेपालका निजी संस्थाले उत्पादन गरेका जनशक्तिको सवालमा गुणस्तरबारे कसैले प्रश्न उठाउन नस्कने ठोकुवा गर्नुभयो । उहाँले काउन्सिलले लिने लाईसेन्सको परिक्षाको नतिजाबाट उक्त कुरा प्रष्ट हुने दाबी गर्नुभयो ।

निजी प्राविधीक शिक्षालय महासंघका केन्द्रीय सचिव भुवनचन्द्र जोशीले चिकित्सा शिक्षा ऐन मार्फत सरकारले लाखौ विद्यार्थीको भविष्यमाथी खेलवाड गरेको बताउनुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष तथा वरिष्ठ पत्रकार बालकृष्ण बस्नेतले हाल आकस्मिक रुपमा त्यत्रा नर्सिङ्ग क्याम्पस बन्द गरिनु अब्यवहारिक भएको भन्दै सरकार सीटीइभिटी तथा निजी क्याम्पस सञ्चालक बसेर यस समस्याको समाधान निकाल्नु पर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ रौतहट जिल्लाका अध्यक्ष प्रेमचन्द्र झाले प्रबिधिक शिक्षाले बेरोजगारको समस्या धेरै हदसम्म कम गर्ने बताउनुभयो ।

अध्यक्ष तथा पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्दप्रसाद चौलागाईले शिक्षा राज्यको विकासको आधार रहेको उल्लेख गर्नुभयो । उहाँले अहिले प्राबिधिक शिक्षा विश्वभर नै विकासको सुचक शिक्षाको रुपमा स्थापित भएको बताउनुभयो ।

उहाँले यस कार्यक्रमले प्रबिधिक शिक्षाको विकासमा पत्रकारको भूमिकाबारे प्रष्ट हुने अपेक्षा समेत व्यक्त गर्नुभयो ।

तराई विकास तथा संचार केन्द्रले बिजुली बजारस्थित आफ्नै सभाहलमा आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न संचार माध्यमका प्रतिनिधि, पत्रकार, बौद्धिक ब्यक्तित्व, नागरिक समाज लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो।

साताकाे चर्चित
सम्बन्धित