पाल्पालगायत पहाडी जिल्लामा परेको हिउँदे वर्षाले अन्नबालीमा सिँचाइको सुविधा पुगेको छ । लामो समयदेखि पानी नभएका बेला दुई दिनसम्म परेको हिउँदे वर्षाले किसान उत्साहित भएका छन् । मौसमी सिँचाइ भने चार हजार ८७१ हेक्टर क्षेत्रफलमा मात्रै गर्न सकिने कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । आकाशे पानीका भरमा खेती गर्ने पहाडका अन्नबालीलाई हल्का वर्षाले सिँचाइको रूपमा काम गरेको किसान बताए ।
सिँचाइ सुविधा अभावमा अन्नबाली राम्रो उत्पादन नहुने डाँडाबस्तीका किसान खुशी भएका हुन् । अहिलेको वर्षाले गहुँ, तोरी, मसुरो, चनालगायतका बाली तथा र आलु, काउली, बन्दालगायतका तरकारी खेतीमा वृद्धि हुने आशा किसानले गरेका छन् । आकाशे पानीको भरमा खेती लगाउने डाडाँका बस्तीसँगै फाँटमा लगाएको बालीमा समेत वर्षाले राम्रो भएको हुँदा आफू खुशी भएको बगनासकाली–३ का किसान राजु रानाले बताए । सिँचाइ अभाव भएको खेतबारी वर्षा किसानका लागि अमृतसरह भएको उनले बताए ।