देशका सबै कलकारखाना नेपाली काँग्रेसले बेच्योः दुर्गा प्रसाईं
देशका सबै कलकारखाना नेपाली काँग्रेसले बेच्योः दुर्गा प्रसाईं
    • बेल संचार

    • १८ पुष २०७८, आईतवार

नेकपा (एमाले)का उद्योग विभाग उपप्रमुख दुर्गा प्रसाईँले देशमा भएका सबै उद्योगधन्दा, कलकारखाना सत्तारुढ नेपाली काँग्रेस नेतृत्वको सरकारले बेचेको आरोप लगाएका छन् ।

मेडिकल कलेज सञ्चालक समेत रहेका उपप्रमुख प्रसाईँले नेपाली काँग्रेसले २०४६ सालपछि अधिकांश समय सरकारको नेतृत्व गरेको र त्यसैबेला मुलुकका सबै उद्योगधन्दा, कलकारखाना बेचिएको बताएका हुन् ।

शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले मुलुकका उद्योगधन्दा सबै बेचिएपछि नेपाली युवाहरु रोजगारीको खोजीमा विदेश पलायन हुने अवस्था आएको तर्क समेत गरे ।

उपप्रमुख प्रसाईले भने, ‘२०४६ सालपछि २०६० सालसम्म नेपाली काँग्रेसको अधिकांश समय सत्तारोहण भयो । त्यो सत्तारोहणको पालामा देशमा भएका उद्योगधन्दा, कलकारखाना सबै बेचिए । तपाईहरुलाई म यो स्मरण गराउन चाहन्छु ।

जव नेपाली काँग्रेसको हातमा राजनीतिक सत्ता गइसकेपछि उद्योगधन्दा, कलकारखाना बेचिएपछि युवाहरुको यो देशमा रोजगारी बन्द भयो । र हाम्रा युवाहरु विदेश पलायन हुन बाध्य भए । हरियो पार्सपोर्टको खेती मौलायो । डाटाले भन्छ – अहिले दैनिक ३ हजार युवाहरु विदेश जाँदैछन बैदेशिक रोजगारीका लागि ।’

उपप्रमुख प्रसाईँले पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको कार्यकारी अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको दावी समेत गरे । ओलीले संविधानसम्मत ढंगले प्रतिनिधिसभा विघटन गरेको उनको भनाई थियो ।

साताकाे चर्चित
सम्बन्धित