२२ साना बामवन्थी दलद्वारा एमसीसी खारेजीकाे माग गर्दै प्रदर्शन
२२ साना बामवन्थी दलद्वारा एमसीसी खारेजीकाे माग गर्दै प्रदर्शन
    • बेल संचार

    • १८ पुष २०७८, आईतवार

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) लगायतका २२ राजनीतिक दल तथा संघ संगठनहरुले एमसीसीविरुद्ध प्रदर्शन गरेका छन् ।

एमसीसी सम्झौता राष्ट्रघाती भएकाृ भन्दै उनीहरूले आज (आइतबार) माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका हुन् ।

२२ राजनीतिक दलका तर्फबाट नेकपा क्रान्तिकारीका नेता समेत रहेका सीपी गजुरेलले संसद बैठकमा एमसीसी संसदको कार्यसूचीमा पार्न अमेरिकाले दबाव दिइरहेकाले त्यसलाई रोक्न प्रदर्शनको आयोजना गरिएको बताउनुभयाे ।

नेपालका देशभक्त शक्तिहरु र नेपाली जनताको निरन्तर विरोध एवम् सङ्घर्षका कारण एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने योजना सफल हुन नसकेपनि अमेरिकाले नेपाल सरकार र पार्टीहरूमाथि दबाब दिने काम निरन्तर जारी राखेको साना दलले बताएका छन् ।

साना वामपन्थी दलहरूले कुनै पनि हालतमा संसदबाट एमसीसी पारित हुन नहुने भन्दै खबरदारी समेत गरेका गरेका छन् ।

साताकाे चर्चित
सम्बन्धित