सुनको मूल्य एकैपटक सात सयले बढ्यो, प्रतितोला कति ?
सुनको मूल्य एकैपटक सात सयले बढ्यो, प्रतितोला कति ?
    • बेल संचार

    • १८ पुष २०७८, आईतवार

आइतबार नेपाली बजारमा सुनको मूल्य एकैपटक सात सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार सात सय रुपैयाँ कायम भएकोमा आज सात सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार चार सय रुपैयाँ कायम भएको हो ।

आज तेजाबी सुन प्रतितोला ९२ हजार नौ सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २७० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको महसंघले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित