नेपाली कांग्रेसकाे केन्द्रीय समितिकाे बैठक साेमवार अपरान्ह २ बजे बस्ने
नेपाली कांग्रेसकाे केन्द्रीय समितिकाे बैठक साेमवार अपरान्ह २ बजे बस्ने
    • बेल संचार

    • १८ पुष २०७८, आईतवार

नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । सोमवार अपरान्ह २ बजेका लागि केन्द्रीय समिति बैठक बाेलाएकाे हाे ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने बताइएकाे छ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको जानकारी दिनुभएकाे छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो केन्द्रीय समिति बैठकपछि महाधिवेशनमा पराजित तथा निर्वाचनमा उम्मेदवारी नदिएका १३ नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएकाे थियाे ।

मनोनयनसँगै कांग्रेसमा केन्द्रीय समिति सदस्यको संख्या १४८ जना पुगेको छ।  विधानमा कांग्रेस केन्द्रीय सदस्य संख्या १६८ हुने व्यवस्था गरिएको छ ।

साताकाे चर्चित
सम्बन्धित