राष्ट्रियसभा सदस्यका लागि काँग्रेसका उम्मेदवारको टुंगो लाग्यो (नामसहित)
राष्ट्रियसभा सदस्यका लागि काँग्रेसका उम्मेदवारको टुंगो लाग्यो (नामसहित)
    • बेल संचार

    • १९ पुष २०७८, सोमबार

नेपाली काँग्रेसले राष्ट्रियसभा सदस्यका लागि पार्टीबाट चुनाव लड्ने उम्मेदवारको टुंगो लगाएको छ ।

सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकले उम्मेदवारको टुंगो लगाएको हो । काँग्रेसले प्रदेश १ मा गोपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा पुन  र सुदूरपश्चिममा नारायण दत्त मिश्रको उम्मेदवारी रहने टुङ्गो लगाएको हो ।

पन्त पार्टीको हालै भएको महाधिवेशनमा सहमहामन्त्री पराजित हुनुभएको थियो । यस्तै मिश्र सुदूरपश्चिम प्रदेश सभापतिमा पराजित हुनुभएको थियो । बस्नेतलाई भने तत्कालीन समयमा राष्ट्रपतिले मनोनयन गर्ने सिटमा सिफारिस भएर पनि राष्ट्रिय सभा सदस्य बन्न पाउनुभएको थिएन ।

साताकाे चर्चित
सम्बन्धित