नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी प्रतिनिधि सधाको निर्वाचनसम्ममा १५ लाखलाई पार्टी प्रवेश गराउने घोषणा गर्नुभएको छ ।
कांग्रेस पाणिनी गाउँ समितिले सोमबार दुर्गाफाँटमा आयोजना गरेको आमसभामा थापाले १५ लाखलाई पार्टी प्रवेश गराउने क्रम अर्घाखाँचीबाटै सुरु भएको समेत बताउनुभयो ।
नेता थापाले प्रत्येक क्रियाशील सदस्यले कम्तीमा एक जना नयाँ व्यक्तिलाई पार्टी प्रवेश गराउन सके यो लक्ष्य सजिलै पूरा हुने बताएउनुभयो । उहाँले कार्यक्रममा फर्कनासाथ यो अभियानमा जोडिन नेता तथा कार्यकर्तालाई अनुरोध समेत गर्नुभयो ।