कांग्रेस बाँकेमा संस्थापन इतर पक्षले गर्‍यो पदाधिकारी उम्मेदवार घोषणा
कांग्रेस बाँकेमा संस्थापन इतर पक्षले गर्‍यो पदाधिकारी उम्मेदवार घोषणा
    • बेल संचार

    • १९ पुष २०७८, सोमबार

नेपाली कांग्रेस बाँकेको २७ पुसमा हुने जिल्ला अधिवेशनमा संस्थापन इतर पक्षका सभापति पदका उम्मेदवार नारायणप्रसाद गौडेल समूहले सोमबार पदाधिकारी उम्मेदवारहरूको घोषणा गरेको छ ।

पार्टी कार्यालय नेपालगञ्जमा सोमबार एक कार्यक्रमको आयोजना गरेर पदाधिकारीमा उठ्ने उम्मेदवारहरूको घोषणा गरिएको हो । गौडेल समूहको चुनाव प्रचारप्रसार समिति संयोजक तथा लुम्बिनी प्रदेश कमिटी सदस्य टेकनारायण भुसालले उम्मेदवार घोषणा गर्नुभएको थियो ।

गौडेल समूहबाट उपसभापति गोपालप्रसाद अधिकारी र राजकुमार मौर्य, सचिवमा सुधांशु कोइराला र टंकप्रसाद काफ्ले (आशीष) तथा सहसचिवमा रेणु सिंह र विश्वराज लम्साल उम्मेदवार रहने छन् ।

कांग्रेस लुम्बिनी प्रदेश कमिटीका महामन्त्री सुरेन्द्रराज आचार्यको प्रमुख आतिथ्यता एवं कांग्रेस बाँकेकी सभापति किरण कोइरालाको विशिष्ट आतिथ्यतामा उम्मेदवार घोषणा गरिएको थियो ।

जिल्ला सदस्यका उम्मेदवारहरूको घोषणा भने केही दिनपछि चियापान कार्यक्रम राखेर गरिने भुसालले बताउनुभयो ।

साताकाे चर्चित
सम्बन्धित