श्रीमतीको नेतृत्वमा रेशम चौधरीले खोले नयाँ पार्टी
श्रीमतीको नेतृत्वमा रेशम चौधरीले खोले नयाँ पार्टी
    • बेल संचार

    • २० पुष २०७८, मंगलवार

निलम्बित सांसद रेशम चौधरीले नयाँ राजनीतिक दल दर्ता गरेका छन् । सोमबार निर्वाचन आयोग पुगेर उनले आफ्नी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ राजनीतिक दल दर्ता गरेका हुन् ।

कैलाली टीकापुर घटनामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका चौधरीको समर्थित नेताहरू ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ताका लागि बाजा गाजासहित आयोगको कार्यालय पुगेका थिए ।

 

भृकुटीमण्डपमा भेला भएर उनीहरू बाजागाजासहित आयोग पुगेका हुन् । र्‍यालीमा चौधरीकी श्रीमतीसमेत सहभागी भएकी थिइन् । पछिल्ला केही दिनयता चौधरीको रिहाइको माग राखेर काठमाण्डुमा प्रदर्शन भइरहेको छ ।

कैलाली-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी टीकापुर घटनामा दोषी ठहर गरेपछि उनी अहिले पनि कैद भुक्तानका लागि कारगारमा छन् ।

उनी जेलमा रहँदा नै वारिसबाट उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । अहिले पनि जेलमा रहँदा नै उनले पार्टी दर्ता गरेका हुन् ।

साताकाे चर्चित
सम्बन्धित