नेप्से परिसूचकमा ६३ अंकको बृद्धि
नेप्से परिसूचकमा ६३ अंकको बृद्धि
    • बेल संचार

    • २० पुष २०७८, मंगलवार

आज शेयर कारोबार मापक नेप्से परिसूचक ६३.०१ अंकले बढेर २ हजार ६ सय ७९ दशमलव ९५ अंकमा पुगेको छ । नेप्से परिसूचकमा उत्साह देखिए पनि कारोबार रकम भने सोमबारको भन्दा कम भयो।

दिनभर ९१ लाख १० हजार ७ सय ५८ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८ सय २७ रुपैयाँमा रोकियो । यस अघि सोमबार ४ अर्ब ५३ करोड रुपैयाँ माथिको शेयर कारोबार भएको थियो ।

मंगलबार धेरै शेयर मूल्य बढ्नेमा श्रीफाइनान्स पहिलो नम्बरमा र सप्तकोशी डेभलपमेन्ट बैंक दोस्रो नम्बरमा देखिएका छन् । यी दुवै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । यसैगरी मध्य भोटेकोशी जलविद्युत आयोजना, नेपाल एसबीआई बैंक, सिन्धु विकास बैंक लगायतका शेयर मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले बढेको छ।

मंगलबार धेरै घट्नेहरुमा डिबेञ्चरहरु देखिएका छन् । कृषि विकास बैंकको डिबेञ्चर, नेपाल बैंकको डिबेञ्चर, आईसीएफसीको डिबेञ्चर करिब २ प्रतिशतले घटेका छन् । डिबेञ्चर बाहेक सबैभन्दा धेरै घट्ने पहिला नम्बरमा नबिल बैंक र दोस्रो नम्बरमा बोटलर्स नेपाल (तराई) देखिएको छ । नबिलको १८ रुपैयाँले घटेर शेयर मूल्य १ हजार १ सय १९ रुपैयाँमा झरेको छ भने बोटलर्सको २३५ रुपैयाँले घटेर १६ हजार १ सय ६३ रुपैयाँमा झरेको छ ।

धेरै शेयर कारोबार हुने पहिलो नम्बरमा भने नबिल बैंकसँगको मर्जरको तयारीमा रहेको नेपाल बंगलादेश बैंक देखिएको छ । यस बैंकको मंगलबार ३ लाख ६७ हजार २ सय ५८ कित्ता शेयर किनबेच भएका छन् ।

साताकाे चर्चित
सम्बन्धित