स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१८ विरुद्धको खोपको थप एक अतिरिक्त मात्रा खोपको अभियान कार्यक्रम स्थगित गरेको छ । मन्त्रालयका प्रवक्ता डा सङ्गीताकौशल मिश्राले सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोपको पूरा मात्रा लगाउनुपर्ने भएकोले अहिलेका लागि अतिरिक्त थप एक मात्रा खोप अभियान कार्यक्रम स्थगित गरिएको बताए ।
“सबै नागरिकलाई कोभिड–१९ विरुद्धको पूरा मात्रा खोप चाँडै उपलब्ध गराउन महत्वपूर्ण भएकाले राष्ट्रिय खोप अभियान दु्रत गतिमा सञ्चालन गर्न आवश्यक छ”, उनले जारी गर्नुभएको सूचनामा भनिएको छ, “त्यसैले प्राविधिक विषयमा थप छलफल तथा तयारी गरी आगामी माघ महिनादेखि यस विषयमा जानकारी गराउने व्यहोरा अनुरोध छ ।”