‘गोरे’ का भाइलाई मोरङ जिल्ला अदालतमा उपस्थित गराइयो
‘गोरे’ का भाइलाई मोरङ जिल्ला अदालतमा उपस्थित गराइयो

दुबईबाट नेपाल आइपुग्ने बित्तिकै मंगलबार काठमाडौंमा पक्राउ परेका उप्रेतीलाई विराटनगर ल्याएर अदालतमा उपस्थित गराइएको हो ।

    • बेल संचार

    • २१ पुष २०७८, बुधबार

साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ का भाइलाई बुधबार मोरङ जिल्ला अदालतमा उपस्थित गराइएको छ।

सुन तस्करी प्रकरणसँग जोडिएका रमेश उप्रेतीलाई आज जिल्ला अदालत मोरङमा उपस्थित गराइएको र बिहीबार अदालतमा उनको बयान हुने प्रहरीले जनाएको छ।

दुबईबाट नेपाल आइपुग्ने बित्तिकै मंगलबार काठमाडौंमा पक्राउ परेका उप्रेतीलाई विराटनगर ल्याएर अदालतमा उपस्थित गराइएको हो ।

सुन तस्करी प्रकरणको रहस्य बाहिरिएपछि फरार भएका उनी युएईमा बस्दै आएका थिए। उताबाट सुन नेपाल पठाउने गरेको आरोप लागेका रमेश दुबईबाट एयर अरेबियाको विमानमार्फत नेपाल आएका थिए।

साताकाे चर्चित
सम्बन्धित