नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी चुनावमा कांग्रेसले अरु पार्टीसँग तालमेल नगर्ने बताउनुभएको छ ।
बुधबार शेखर कोइराला पक्षले आयोजना गरेको भेलामा थापाले सत्ता गठबन्धन आगामी चुनावसम्म रहे पनि चुनाव भने कांग्रेस एक्लै लड्ने बताउनुभएको हो ।
राष्ट्रिय सभाको चुनावपछि गठबन्धद दलबीच तालमेल समाप्त हुने दाबी गर्नुभयो । स्थानीय र प्रतिनिधि सभा चुनावमा कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रने महामन्त्री थापाले बताउनुभयो ।
कांग्रेस एक्लैले चुनाव लड्ने हैसियत राख्न्े तर त्यसका लागि पार्टीले वातावरण बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
थापाले ४० प्रतिशत मत ल्याएको शक्तिलाई पार्टीमा बेवास्ता गर्न नहुने बताउनुभयो ।