संसदको अवरोध हटाउन ओलीसँग संवाद गर्ने प्रधानमन्त्री देउवाको तयारी
संसदको अवरोध हटाउन ओलीसँग संवाद गर्ने प्रधानमन्त्री देउवाको तयारी
    • बेल संचार

    • २२ पुष २०७८, बिहीबार

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच संघीय संसदमा देखिएको गतिरोध अन्त्यका लागि संवाद हुने भएको छ ।

लामो समयसम्म सदनमा देखिएको प्रमुख विपक्षी दल एमालेको अवरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्री देउवाले ओलीसँग संवाद गर्न  लाग्नुभएको हो । ‘सदनमा देखिएको अवरोध हटाउन प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग छलफल गर्न तयार हुनु भएको गठबन्धनकी नेतृ तथा राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले जानकारी दिनुभयो । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले संघीय संसदको नवौं र चालू दसैं अधिवेशनका बैठकमा नाराबाजी गर्दै अवरोध सृजना गरिरहेको छ ।

गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बिहीबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले ओलीसँग भेटेर राजनीतिक गतिरोध अन्त्यका लागि प्रयास थाल्न लागेको जानकारी नेतृ पौडेलले दिनुभयो ।

बैठकमा संयन्त्र संयोजक रामचन्द्र पौडेलले राजनीतिक गतिरोध हटाउन प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग छलफल गर्न लाग्नु भएको ब्रिफिङ गराउनुभएको थियो । प्रधानमन्त्री देउवाले बालकोटमै गएर ओलीसँग संवाद गर्ने पौडेलको भनाइ उधृत गर्दै पौडेलले बताउनुभयो ।

एमाले सांसदको नाराबाजीका कारण सदन बैठक प्रभावित हुँदै आएको छ । नवौँ अधिवेशनका सबै बैठकमा नाराबाजी गरेका एमाले सांसदले चालू १०औँ अधिवेशनका बैठकमा पनि अवरोध सृजना गरिरहेका छन् ।

साताकाे चर्चित
सम्बन्धित