अन्त्योदयमा अध्ययनरत चेपाङ विद्यार्थीहरुलाई खाना खुवाइयो
अन्त्योदयमा अध्ययनरत चेपाङ विद्यार्थीहरुलाई खाना खुवाइयो
    • बेल संचार

    • २२ पुष २०७८, बिहीबार

खैरहनी/उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.को आयोजनामा श्री अन्त्योदय जनजाति आवासीय बिद्यालयमा अध्ययनरत चेपाङ विद्यार्थीहरुलाई खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।
प्रा.लि.का निर्देशक डोलबहादुर कार्की (अविनाश) को संयोजकत्वमा सम्पन्न खाना खुवाउने कार्यक्रममा उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष राजु भट्ट प्रमुख अतिथि रहनुभएको थियो ।
प्रमुख अतिथि भट्टले मिडियाले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु गर्दैगर्दा यस्ता खाले कार्यक्रमहरुले आफूहरुलाई उर्जा थपिएको हुँदा अझै आगामि दिनहरुमा समेत अन्य स्थानहरुमा रहेका वालवालिका, वृद्धवृद्धाहरुलाई सहयोग गर्ने समेत बताउनुभयो ।
प्रा.लि.का प्रबन्ध निर्देशक राकेशमान श्रेष्ठले कार्यक्रमका बारेमा प्रष्ट्याउनु भएको थियो भने, बिद्यालयमा अध्ययनरत करीब २०० भन्दा बढी विद्यार्थीहरुलाई खाना खुवाइएको थियो ।
खाना खुवाउने कार्यक्रममा प्रा.लि.का निर्देशकहरु अनिल कुमार श्रेष्ठ, कपिल सागर कर्माचार्य, हरि बहादुर भुजेल, पुष्पराज श्रेष्ठ, विद्यालय सञ्चालक समितिकिा सदस्य दिपक शिवाकोटी लगायतको उपस्थिति रहेको थियो
निर्देशकको जन्मउत्सव मनाइयो ः
खाना खुवाउने कार्यक्रमकै दिन प्रा.लि.का निर्देशक कपिल सागर कर्माचार्यको जन्मदिन परेको अवसरमा प्रा.लि.को तर्फबाट जन्मउत्सव समेत मनाइएको थियो । निर्देशक कर्माचार्यले आफ्नो जन्मउत्सवलाई निकै महत्वपूर्ण अवसर बनाएर अन्त्योदयमा अध्ययनरत चेपाङ विद्यार्थीहरुसँगै मनाउन पाएकोमा प्रा.लि.प्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–आगामि दिनहरुका लागि समेत मिडियामा छुट्टै कोष खडा गरी मिडियाले आयोजना गर्ने सामाजिक उत्तरदायित्वका कार्यहरुमा आफ्नो पूर्ण सहयोग रहने समेत बताउनुभयो ।

साताकाे चर्चित
सम्बन्धित