पूर्व सोभियत संघ सदस्य राष्ट्र काजकिस्तानमा दशकौँ पछि एक्कासी अशान्त बनेको छ । सरकारले ग्यासको मुल्य वृद्धि गरेको भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीले हतियार सहित नै सुरक्षाबलमाथि हमला गरेपछि त्याहाँका राष्ट्रपति कासिम जोमार्ट तोकायबले यो प्रदर्शनमा विदेशमा प्रशिक्षित आतंकवादी गिरोह संलग्न भएको दाबी गरेका छन् ।
१८ सुरक्षाकर्मी सहित दर्जनौँ प्रदर्शनकारीको मृत्यु भएपछि काजकिस्तानका राष्ट्रपतिको आग्रहमा रुसी राष्ट्रपति भ्लादीमीर पुटिले ठूलो संख्यामा सेना पठाएका छन् ।
पहिलो खेपमा त्याहाँ २५ सय रुसी सेना उतारिएको छ । ग्यासको मुल्यवृद्धिको बिरुद्ध भएको प्रदर्शनमा सरकारको राजीनामा माग्न थालिएपछि त्याहाँ राष्ट्रपतिले सरकार विघटन गरेका थिए । तर पनि पदर्शनकारी नरोकिएपछि रुसी सेनाको सहयोग मागिएको हो । रुसी सेनाले कजाकस्तान सैनिक अड्डाहरुको सुरक्षा गर्नेछ ।