शनिबार नर्भिकमा यूरोलोजीको ओपीडी निःशुल्क, शल्यक्रियामा पनि छुट
शनिबार नर्भिकमा यूरोलोजीको ओपीडी निःशुल्क, शल्यक्रियामा पनि छुट
    • बेल संचार

    • २३ पुष २०७८, शुक्रबार

थापाथलीस्थित नर्भिक अस्पतालले पुस महिनाभरि मिर्गौला, मूत्रनली र मूत्रथैली केन्द्रित निःशुल्क ओपीडी सेवा सञ्चालन गरिरहेको छ । यो शनिबार पनि यूरोलोजी टिमले निःशुल्क ओपीडी सञ्चालन गर्ने जनाएको छ । निःशुल्क ओपीडी सेवामा यूरोसर्जरी विशेषज्ञद्वय डा। सञ्जिवभक्त विष्ट र डा। सुनिल श्रेष्ठले सेवा दिनेछन् ।

 

 

शनिबार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म २ घण्टा निःशुल्क ओपीडी सञ्चालन हुने अस्पतालले जनाएको छ । मिर्गौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी तथा अन्य समस्या भएकाहरूले ओपीडीमा सहभागी भई निःशुल्क परामर्श सेवा लिन सक्नेछन् ।

अस्पतालले मूत्रथैलीमा भएको पत्थरी विभिन्न आधुनिक प्रविधिबाट निकाल्नका लागि गरिने विविध शल्यक्रियाहरूको साबिकको शुल्कमा २० प्रतिशत छुटको अफर यसअघि पनि गरेको थियो । नर्भिकमा घाउ नगरी मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने विधि, मिर्गौलाको पत्थरीको उपचार तथा मूत्रथैलीको पत्थरी निकाल्ने प्रविधि उपलब्ध छ ।

नर्भिकले विगत केही महिनादेखि प्रत्येक शनिबार निःशुल्क ओपीडी सेवालाई सञ्चालन गर्दै आएको छ । निःशुल्क ओपीडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ ।

साताकाे चर्चित
सम्बन्धित