प्रधानमन्त्री देउवासँग निकट छु, दुई पटक समानुपातिक सांसदको अफर गर्नुभएको थियो : आनन्दराज बतास
प्रधानमन्त्री देउवासँग निकट छु, दुई पटक समानुपातिक सांसदको अफर गर्नुभएको थियो : आनन्दराज बतास
    • बेल संचार

    • २४ पुष २०७८, शनिबार

विवादित व्यापारिक समूह बतास प्रधानमन्त्री शेरबहादुर देउवा निकट रहेको खुलासा भएको छ ।

बतास समूहका अध्यक्ष आनन्दराज बतासले यसबारेमा खुलासा गरेका हुन् । एक टेलिभिजन च्यानलले गरेको स्ट्रीङ अपरेशनमा अध्यक्ष आनन्दले आफूलाई देउवाले २ पटक समानुपातिक सांसदको प्रस्ताव गरेको दाबी गरेका छन् । ‘म शेरबहादुर निकट छु । उहाँले मलाई २ पटक समानुपातिक सांसदको प्रस्ताव गर्नुभएको थियो । तर मैले राजनीतिमा रुची नभएको भन्दै प्रस्ताव स्वीकार गरिनँ,’ आनन्दले बताए ।

बतास समूहसँग प्रधानमन्त्री पत्नी आरजु देउवा सन् २०१० देखि नै आवद्द रहेको पनि उनले बताएका छन् । ‘अर्गनाइजेशनमा को को व्यक्ति संलग्न छन् भन्ने कुराले ठूलो अर्थ राख्छ । त्यसैले अर्गनाइजेशनको प्राफाइलका लागि आरजुलाई हाम्रो समूहमा राखेका हौं,’ अध्यक्ष आनन्दको भनाइ छ । केही दिनअघिसम्म बतास समूहको वेबसाइटमा सल्लाहकारको रुपमा आरजु राणाको नाम र तस्बिर राखिएको थियो । तर अहिले त्यसलाई हटाइएको छ । विहीवार आरजुले बताससँग आफ्नो कुनै सम्बन्ध नहरेको दाबीसहितको खण्डन अभिव्यक्ति दिएकी थिइन् । तर त्यसको एकदिनपछि स्वयम् आनन्दराज बतासले आरजु आफ्नो अर्गनाइजेशनको भिआइपी सदस्य रहेको खुलासा गरेका हुन् ।

नारायणहिटी संग्राहालय परिषरमा क्याफे खोलेर आफूले कुनै गलत नगरेको उनको जिकिर छ । सरकारले तोके बमोजिमको प्रक्रिया पूरा गरेर शुल्क कबु्ल गरेर क्याफे निर्माण शुरु गरिएको उनको दाबी छ । यस्तै पशुपतिमा रहेको धर्मशालामा पनि सरकारले आह्वान गरेको बोलपत्रको क्राइटएरिया पूरा गरेरै होटल सञ्चालन गरिएको उनको भनाइ छ । ‘मैले सबै प्रक्रिया पूरा गरेर होटल खालेको हूँ । चित्त नबुझे सरकारले सम्झौता रद्द गरिदिए भैगो, यत्रो हल्लाबाजी किन गर्नु ?’ आनन्दको प्रश्न छ ।

साताकाे चर्चित
सम्बन्धित