कोरोना संक्रमणको दर बढ्दो : उच्च सतर्कता अपनाउन सबै निकायलाई प्रधानमन्त्रीको निर्देशन
कोरोना संक्रमणको दर बढ्दो : उच्च सतर्कता अपनाउन सबै निकायलाई प्रधानमन्त्रीको निर्देशन
    • बेल संचार

    • २४ पुष २०७८, शनिबार

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको कोरोना संक्रमणको दर बढ्दै गएको भन्दै उच्च सतर्कता अपनाउन राज्यका निकायलाई निर्देशन दिनुभएको छ ।

शुक्रवार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीको बैठकमा प्रधानमन्त्री देउवाले राज्यका सम्पूर्ण निकायलाई उच्च सर्तकता अपानाउन निर्देशन दिनु भएको हो । नागरिकको जीवन बचाउनु पहिलो प्राथमिकता भएको उल्लेख गर्दै उहाँले जीवन रक्षा गर्नका लागि आवश्यक हरेक प्रकारको तयारीमा रहन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवाले स्कूल, कलेजदेखि विभिन्न ठाउँमा खोप केन्द्र स्थापना गरेर खोप अभियान नै चलाउन समेत स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिनुभयो ।

साताकाे चर्चित
सम्बन्धित