भारतद्वारा अफगानिस्तानलाई तेस्रो चरणको स्वास्थ्य सामग्री सहयोग
भारतद्वारा अफगानिस्तानलाई तेस्रो चरणको स्वास्थ्य सामग्री सहयोग
    • बेल संचार

    • २४ पुष २०७८, शनिबार

नयाँ दिल्ली । भारतले अफगानिस्तानलाई शुक्रबार थप स्वास्थ्य सामग्री सहयोग प्रदान गरेको छ । झण्डै दुई टन अत्यावश्यक र प्रारम्भिक उपयोगी सामग्रीहरु पठाएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

द्वन्द्वबाट भर्खरै मुक्त भएको मुलुक अफगानिस्तालाई कोरोनाभाइरसको महामारी फैलिएपछि अहिले तेस्रो चरणको स्वास्थ्य सामग्रीहरु पठाएको हो ।

 

“हाम्रो देशको तर्फबाट अफगानिस्तानका जनतालाई मानवीय सहायता गर्ने क्रम जारी छ, र शुक्रबार तेस्रो चरणको स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइएको छ,” विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

अफगानिस्तानको राजधानी काबुलमा रहेको इन्दिरा गान्धी अस्पतालमा ती सामग्रीहरू हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित