माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना पुष्टि भएको छ ।
नेता श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिनुभएको हो ।
‘कोरोना परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होम आइसोलेसनमा छु। कम्ती १४ दिन आइसोलेसनमा नै रहनेछु । हालसालै मसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आवश्यक सावधानी अपनाउन विनम्रतापूर्वक अनुरोध गर्दछु,’उहाँले लेख्नुभएको छ ।
यसअघि माओवादी कार्यालयकै केही नेताहरुमा कोरोना संक्रमण पुष्टि भएपछि पुष २५ का लागि तय केन्द्रीय कमिटी बैठक स्थगित गरिएको थियो । अध्यक्ष पुष्पकमल दाहालले पनि सबै भौतिक भेटघाट स्थगित गरि आइसोलेसनमा बस्नुभएको छ ।