कोरोना संक्रमण बढेसँगै अस्पतालमा पनि चाप बढेको छ
कोरोना संक्रमण बढेसँगै अस्पतालमा पनि चाप बढेको छ

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. भुपेन्द्रकुमार बस्नेतका अनुसार वीरका साथै समन्वय गरेका उपत्यकाका १३ र प्रदेशका ७ वटा अस्पतालमा बिरामीको संख्या बढेको छ ।

    • बेल संचार

    • २५ पुष २०७८, आईतवार

काठमाडौं

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै अस्पतालमा चाप बढेको छ ।

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. भुपेन्द्रकुमार बस्नेतका अनुसार वीरका साथै समन्वय गरेका उपत्यकाका १३ र प्रदेशका ७ वटा अस्पतालमा बिरामीको संख्या बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङका क्रममा उनले भने, ‘सबै अस्पतालहरुमा एक हप्ता अगाडिभन्दा दोब्बर संख्यामा बिरामीहरु भर्ना भएका छन् ।’

कोभिडको संक्रमण बढेको भन्दै उनले जनस्वास्थ्य मापदण्ड पालना गर्न र सतर्कता अपनाउन आग्रह गरे ।

साताकाे चर्चित
सम्बन्धित