काठमाडौं
कोभिड-१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि नियुक्त भएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको करार अवधि थप्ने तयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ ।
विभिन्न अस्पतालमा करारमा नियुक्त भएका चिकित्सक, नर्स र प्रयोगशालाका कर्मचारीहरुको करार अवधि थप गर्ने तयारीमा मन्त्रालय लागेको हो ।
मन्त्रालय स्रोतका अनुसार चैत्र मसान्तसम्मका लागि स्वास्थ्य जनशक्तिको करार अवधि थप गर्न लागिएको हो ।
नयाँ कोरोना भेरियन्ट (ओमिक्रोन)को जोखिम बढ्दै गएपछि मन्त्रालय मातहातका स्वास्थ्यसंस्थामा आवश्यकता अनुसार करारमा जनशक्ति थप गर्न समेत लागेको जनाएको छ ।
यसभन्दा अगाडि नियुक्त भएका स्वास्थ्यकर्मीको करार अवधि पुषसम्म थप गरिएको थियो ।