शिक्षामन्त्री पौडेललाई कोरोना संक्रमण पुष्टि
शिक्षामन्त्री पौडेललाई कोरोना संक्रमण पुष्टि
    • बेल संचार

    • २७ पुष २०७८, मंगलवार

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्री पौडेलका प्रेस संयोजक बिमल खड्काले दिनुभएको जानकारी अनुसार सोमवार गरिएको पीसीआर परीक्षणमा उहाँलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

रुघा र सामान्य खोकी लागेपछि उहाँको कोरोना परीक्षण गरिएको थियो । संयोजक खड्काका अनुसार अहिले मन्त्री पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइशोलेसनमा बस्नुभएको छ ।

मन्त्री पौडेलको दैनिक भेटघाटका कार्यक्रम केही दिनका लागि स्थगित गरिनुका साथै केही दिनदेखि उहाँसँग सम्पर्कमा रहनुभएका सबैले स्वास्थ्यकर्मीसँग परामर्श गर्न पनि संयोजक खड्काले अनुरोध गर्नुभएको छ ।

साताकाे चर्चित
सम्बन्धित