कजाकस्तानमा अशान्ति बढिरहेका बेला सरकारले साढे नौ हजारलाई पक्राउ गरी कारागार चलान गरेको छ । इन्धनमा मूल्य बृद्धिपछि गत साता भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीले उनीहरुलाई पकाउ गरी थुनामा राखेको हो ।
राष्ट्रपति कस्याम जोमार्ट टोकायेभले सरकारविरुद्धको हिंसात्मक पर्दशनलाई कु प्रयास बताउँदै आएका छन् । राष्ट्रपतिले संसदलाई सम्बोधन गर्दै आजै नयाँ प्रधानमन्त्री चुन्ने तयारी छ । प्रदर्शनमा अन्य क्षेत्रीय देशहरु, अफगानिस्तान, मध्यपूर्वबाट आएका मुस्लिम अतिवादीले प्रदर्शनमा सुरक्षाकर्मीमाथि हमला भएको बताए ।
प्रदर्शनकारी र प्रहरीबीचको झडपमा १६ सुरक्षाकर्मी र २०० प्रदर्शनकारी मारिएका थिए ।