आज कर्णाली प्रदेश सभाको नवौं अधिवेशन हुँदै, यस्ता छन् पहिलो बैठकका एजेण्डा
आज कर्णाली प्रदेश सभाको नवौं अधिवेशन हुँदै, यस्ता छन् पहिलो बैठकका एजेण्डा

आज बस्ने पहिलो बैठकमा मोटामोटी चार वटा एजेण्डा छन्।

    • बेल संचार

    • २८ पुष २०७८, बुधबार

आजबाट कर्णाली प्रदेश सभाको नवौं अधिवेशन सुरू हुँदैछ। बुधबार ३ बजेका लागि अधिवेशनअन्तर्गतको पहिलो बैठक बोलाईएको छ।

यसअघि मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनार्थ मंसिर १४ गते विशेष अधिवेशन बोलाईएको थियो।

त्यसअघिको आठौं अधिवेशन असार ३० गतेदेखि अन्त्य भएको थियो।

आज बस्ने पहिलो बैठकमा मोटामोटी चार वटा एजेण्डा छन्। प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीका अनुसार बैठकको सुरूमा प्रदेश सभा वैठकको आह्वानसम्बनधी पत्र पढेर सुनाईनेछ।

यस्तै मन्त्रालयको जिम्मेवारी बाँडफाँडबारे पनि संसदमा जानकारी गराईने उनले बताए।

संसदीय दलका शीर्ष नेताको भनाई राख्ने र विभिन्न विधेयकमाथि छलफल गर्ने एजेण्डा रहेको बुढाथोकीले बताए।

‘हामीले मोटामोटी तय गरेको एजेण्डाहरु यिनै हुन्, अब कार्यव्यवस्था परामर्श समितिको वैठकले अरू केही थप गर्न पनि सक्छ।’

साताकाे चर्चित
सम्बन्धित