सुर्खेत । कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखी शुरु भएको छ । प्रदेश सभाको आज (बुधवार)को बैठकमा प्रतिपक्ष दल र सत्ता गठबन्धनका सांसदहरुले नै सरकारको आलोचना गरेका छन् ।
संसद बैठकमा बोल्दै नेकपा एमाले बजेटको उल्लेख्य रकम सरकारले दान दान्तव्यमा बाँड्दै जाने खालका कार्यविधि निर्माण गरेको आरोप लगाउनुभयो । उहाँले पूर्वाधारका पूँजीगत बजेट कटौती गर्दै हिँडेकाले यस्तो अवस्थामा कसरी कर्णाली बन्छ भन्ने प्रश्न गर्नुभयो ।
तर सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले सरकार विस्तार गर्न नसकेको भन्दै मुख्यमन्त्री जीवनबहादुर शाहीको आलोचना गर्नुभयो । महिनौंसम्म मन्त्रिपरिषद् विस्तार नभएका कारण व्यवस्थामाथि नै प्रश्न उठेको भन्दै विष्टले तत्काल एक्सन लिन मुख्यमन्त्री शाहीलाई सुझाव दिनुभयो ।
आजको बैठकमा धारणा राख्नुभएका नेपाली काँग्रेसका सांसद यज्ञबहादुर विसी र नेकपा एकीकृत समाजवादीका सांसद देवी ओलीले विगतका कमिकमजोरीलाई आत्मसाथ गर्दै सबैको सहकार्यबाट प्रदेश निर्माणमा जुट्नु पर्ने बताउनुभयो ।
प्रदेश सभामा पेश गरिएको कर्णाली प्रदेश विनियोजन र आर्थिक विधेयक २०७८ फिर्ता लिएर विनियोजन र आर्थिक अध्यादेश आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले पेश गर्नुभएको छ । संसदमा पेश भएको अध्यादेशमाथि छलफल अर्को बैठक गरिनेछ । अर्को बैठक माघ २ गते आइतबार बस्ने गरी स्थगित गरिएको छ ।