कर्णालीका हरेक जिल्लामा कोभिड विशेष एम्बुलेन्स राखिने
कर्णालीका हरेक जिल्लामा कोभिड विशेष एम्बुलेन्स राखिने

कर्णाली प्रदेशका हरेक जिल्लामा कोभिड विशेष एम्बुलेन्स राखिने भएको छ।

    • बेल संचार

    • ३० पुष २०७८, शुक्रबार

कर्णाली प्रदेशका हरेक जिल्लामा कोभिड विशेष एम्बुलेन्स राखिने भएको छ।

बिहिबार बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन समितिको वैठकपछि मुख्यमन्त्री जीवनबहादुर शाहीले तेस्रो चरणको कोभिड महामारीलाई मध्यनजर गरी प्रत्येक जिल्लामा विशेष एम्बुलेन्स तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् ।

विपद् व्यवस्थापन समितिको वैठकले तत्कालै एम्बुलेन्सहरु खरिद् प्रक्रिया अगाडि बढाउने निर्णय समेत गरेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ।

तेस्रो चरणको कोभिड प्रतिर्यका लागि कर्णाली प्रदेश सरकारले आफ्नो तर्फबाट गर्न सकिने कामहरु तत्काल सुरु गर्ने निर्णय विपद् व्यवस्थापन वैठकले गरेको छ।

सुर्खेतको छिन्चुमा होल्डिङ सेन्टर स्थापना गर्ने, भारतसहित तेस्रो मुलुकबाट कर्णाली प्रदेश भित्रिने मानिसहरुको अनिवार्य एन्टीजेन परीक्षण गर्ने निर्णय वैठकले गरेको छ ।

बाह्य मुलुकबाट आउने कर्णालीका नागरिकमध्ये सडक पूर्वाधार पुगेका जिल्लाका भए सम्बन्धित जिल्लामा पुर्‍याउने र सडक नपुगेको जिल्लाका मानिसलाई सुर्खेतको होल्डिङ सेन्टरमा राख्ने व्यवस्था गरिनेछ।

साताकाे चर्चित
सम्बन्धित