कैलाली । कैलालीको टीकापुर विमानस्थल सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणको टोलीले पहिलो चरणको सर्वेक्षण गरेको छ । प्राधिकरणका इञ्जिनीयर रत्नप्रसाद श्रेष्ठ नेतृत्वको टोलीले विमानस्थलको प्रारम्भिक सर्वेक्षणको काम सुरु गरेको हो । विमानस्थल सञ्चालनका लागि लामो समयदेखि प्रयास हुँदै आए पनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चालू आर्थिक वर्षमा आवश्यक संरचना निर्माणका लागि रु दुई करोड बजेट विनियोजन गरेपछि प्राधिकरणको टोली पहिलो चरणको सर्वेक्षणका लागि आएको इञ्जिनीयर श्रेष्ठले बताए ।