राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित
राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित

राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारण देखाउँदै बैठक स्थगित गरिएको हो।

    • बेल संचार

    • २ माघ २०७८, आईतवार

काठमाडौँ,

राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारण देखाउँदै बैठक स्थगित गरिएको हो।

संघीय संसदको महासचिव डा. भरतराज गौतमले आज एक सूचना जारी गर्दै राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेको भएको व्यहोरा जानकारी गराएका छन्।

यसअघि पनि राष्ट्रियसभाको बैठक बिशेष कारण देखाउँदै दुई पटक स्थगित भएको थियो।

साताकाे चर्चित
सम्बन्धित