प्रधानन्यायाधीशविरुद्ध छानबिन माग गर्दै दायर रिट सर्वोच्चले गरिदियो दरपीठ
प्रधानन्यायाधीशविरुद्ध छानबिन माग गर्दै दायर रिट सर्वोच्चले गरिदियो दरपीठ

अधिवक्ता माधवकुमार बस्नेतले दायर गरेको रिट रजिस्ट्रार नारायण पन्थीले दरपीठ गरिदिएका हुन् । 

    • बेल संचार

    • २ माघ २०७८, आईतवार

काठमाडौं

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाभियोग माग गर्दै दायर रिट सर्वोच्चले दरपीठ गरिदिएको छ ।

अधिवक्ता माधवकुमार बस्नेतले दायर गरेको रिट रजिस्ट्रार नारायण पन्थीले दरपीठ गरिदिएका हुन् । पन्थीले यो रिट सर्वोच्च अदालतको क्षेत्राधिकारमा नपर्ने भन्दै दरपीठ गरिदिएका हुन् ।

अधिवक्ता बस्नेतले प्रधानन्यायाधीशविरुद्ध लागेका आरोप अत्यन्त गम्भीर प्रकृतिका भएको भन्दै ती आरोपहरुमाथि छानबिन गरी आवश्यक कारबाही गर्नका लागि संविधानद्वारा तोकिएको प्रक्रिया तत्काल प्रारम्भ गर्नु भनी सभामुख र प्रतिनिधिसभाको नाममा परमादेश माग गरेका थिए ।

हेर्नुहोस् सर्वोच्चको आदेश

साताकाे चर्चित
सम्बन्धित