पाकिस्तानको राष्ट्रिय सुरक्षा नीतिका विषयमा देशका सेनाप्रमुख जनरल बाजवाले के भने ?
पाकिस्तानको राष्ट्रिय सुरक्षा नीतिका विषयमा देशका सेनाप्रमुख जनरल बाजवाले के भने ?
    • बेल संचार

    • ३ माघ २०७८, सोमबार

काठमाडडौं। पाकिस्तानका सेना प्रमुख जनरल कमर जावेद बाजवाले सैन्य सुरक्षा राष्ट्रिय सुरक्षाको केवल एक पक्ष भएको बताउँदै पाकिस्तानको नयाँ सुरक्षा निती एक निकै प्रभावकारी कदम भएको बताएका छन् । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शुक्रबार पाकिस्तानको नयाँ सुरक्षा नीति जारी गरेका थिए । यो अवसरमा पाकिस्तानका सेना प्रमुख पनि उपस्थित थिए ।

पाकिस्तानी अखबार जंगका अनुसार सुरक्षा नीति घोषणापछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै जनरल बाजवाले भने ‘राष्ट्रिय सुरक्षाका सबै पक्षहरुमा आधारित समग्र सुरक्षा नीति तय गर्नु एक प्रभावकारी कदम हो । यो नीति समग्रस् राष्ट्रिय सुरक्षालाई सुनिश्चित गर्नको लागि सहयोगी साबित हुनेछ ।’

अखबारका अनुसार पाकिस्तानको इतिहासमै पहिलो पटक राष्ट्रिय सुरक्षा नीति सार्वजनिक गरिएको छ । राष्ट्रिय सुरक्षा नीतिको धेरै भाग गोप्य राखिएको छ । तर, जे कुराहरु सार्वजनिक गरिएका छैनन् त्यसमा कश्मिर पाकिस्तानको राष्ट्रिय सुरक्षाको अहम विन्दू रहनेछ र भारतसँग उसको सम्बन्ध कश्मिर समस्या समाधानमा निर्भर रहनेछ । यो सुरक्षा नीतिको सबैभन्दा महत्वपूर्ण पक्ष यसका आर्थिक सुरक्षालाई केन्द्रीय महत्व दिइएको छ ।

साताकाे चर्चित
सम्बन्धित