सुपर कप उपाधि १२ औँ पटक रियल म्याड्रिडलाई
सुपर कप उपाधि १२ औँ पटक रियल म्याड्रिडलाई
    • बेल संचार

    • ३ माघ २०७८, सोमबार

एजेन्सी । सुपर कप उपाधि रियल म्याड्रिडले जितेको छ ।

साउदी अरबको रियादस्थित किंग फहाद अन्तर्राष्ट्रिय स्टेडियममा एथ्लेटिक बिल्बाओलाई हराउँदै रियल म्याड्रिडले १२ औँ पटक सुपर कप उपाधिमाथि कब्जा जमाएको हो । रियलको जीतमा लुका मोड्रिच र करिम बेन्जेमाले एक एक गोल गरे ।

खेलको पहिलो हाफमा मोड्रिचले रियललाई अग्रता दिलाए । बिल्बाओका खेलाडीले ह्याण्डबल गरेपछि रियलले पेनाल्टी पायो जसलाई बेन्जेमाले सजिलै गोलमा परिणत गरे ।

खेलको अन्त्यतिर रियलका एडर मिलिटाओले हातले बल रोकेपछि मैदानबाहिर जान परेको थियो । बिल्बाओले पनि यसबाट पेनाल्टी पायो तर राउल गार्सियाको प्रहारलाई थियाबट कोर्टवाले उत्कृष्ट बचाऊ गरे । जीतसँगै रियल चिर प्रतिद्वन्द्वी बार्सिलोनाको १३ वटा सुपरकपको कीर्तिमानको नजिक पुगेको छ ।

साताकाे चर्चित
सम्बन्धित