भोजपुर । यसवर्ष अलैँचीको मूल्यमा वृद्धि भएपछि यहाँका किसान उत्साहित भएका छन् ।गतवर्ष प्रतिमन रु २६ हजारमा बिक्री भएको अलैँची यसवर्ष प्रतिमन ४० हजार २०० सम्ममा घरबाट नै बिक्री भएको टेम्केमैयुङ गाउँपालिका– ५ का किसान शिवकुमार विष्टले जानकारी दिए।
अलैँचीको मूल्य वृद्धि भए पनि उत्पादनमा भने यसवर्ष गिरावट आएको विष्टले बताउनुभयो । विष्टले भने,‘‘यसवर्ष अलैँचीको मूल्य राम्रो छ । गाउँघरबाट प्रतिमन रु ४० हजार २०० का दरले बिक्री गरियो । तर यसवर्ष उत्पादन भने त्यती राम्रो भएन ।’’