मुख्यमन्त्री जीवनबहादुर शाही : गठबन्धनको सरकार भएकाले पूर्णता दिन ढिलाई भएको छ
मुख्यमन्त्री जीवनबहादुर शाही : गठबन्धनको सरकार भएकाले पूर्णता दिन ढिलाई भएको छ

हाल कर्णाली प्रदेशका आठ वटा मन्त्रालयमध्ये दुई वटामा मन्त्री नियुक्त भएका छन्।

    • बेल संचार

    • ४ माघ २०७८, मंगलवार

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले दलीय व्यवस्था अनुसार जाँदा सरकारलाई पूर्णता दिन ढिलाई भएको बताएका छन्।

सोमबार कर्णाली प्रदेश सरकारले गरेका कामकारबाहीको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धनका आधारमा सरकार बनेकाले दलहरूबीच केही कुरा मिल्न बाँकी रहेको बताए।

‘दलीय व्यवस्थामा गठबन्धनलाई मिलाउन केही समस्या हुन्छ, मन्त्रिपरिषद पूर्ण बनाउन केही समय लाग्यो,’ उनले भने, ‘सरकार पूर्ण भएको छैन, कामकारबाहीका हिसाबमा अपूर्ण पनि छैन।’

मन्त्रालयमा मन्त्री नियुक्त नहुँदा कुनै काम रोकिने अवस्था हालसम्म नआएको मुख्यमन्त्री शाहीले बताए। मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकारले कहिले पूर्णता पाउँछ भन्ने कुरा भने खुलाएका छैनन्।

हाल कर्णाली प्रदेशका आठ वटा मन्त्रालयमध्ये दुई वटामा मन्त्री नियुक्त भएका छन्। भूमि व्यवस्था, कृषि तथा सहकारीमा नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश सभा दलका नेता चन्द्रबहादुर शाही र आर्थिक मामिला तथा योजना मन्त्रीमा माओवादीका विन्दमान विष्ट नियुक्त भएका छन्।

मुख्यमन्त्री र बाँकी पाँच वटा मन्त्रालय भने शाहीले आफैसँग राखेका छन् ।

साताकाे चर्चित
सम्बन्धित