बालुवाटारमा सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक सुरू
बालुवाटारमा सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक सुरू

बैठकमा स्थानीय तहको निर्वाचन मिति घोषणालगायत विषयमा छलफल भएको छ।

    • बेल संचार

    • ४ माघ २०७८, मंगलवार

बालुवाटारमा सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक बसेको छ।

बैठकमा स्थानीय तहको निर्वाचन मिति घोषणालगायत विषयमा छलफल भएको छ।

छलफलमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू सहभागी छन्। सत्तागठबन्धनका ५ दलबाट राजनीतिक समन्वय समितिमा ११ जना सदस्य छन्।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलगायत शीर्ष नेताहरू बैठकमा सहभागी छन्।

समन्वय समिति संयोजक कांग्रेस नेता रामचन्द्र पौडेल छन्। दुई महिनाको अन्तरमा संयोजक परिवर्तन गर्ने सहमतिअनुसार समिति बनेको थियो।

आजको बैठकमा संघीय संसद सुचारू गर्ने र माघ १२ मा हुने राष्ट्रिय सभा निर्वाचनमा सत्तागठबन्धनका रणनीतिबारे पनि छलफल हुने स्रोतले जनाएको छ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले लामो समयदेखि संघीय संसद अवरूद्ध गर्दै आएको छ।

साताकाे चर्चित
सम्बन्धित